+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

हिमाल आरोहणमा जाने सम्पर्क अधिकृतका लागि विभागले माग्यो नाम

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १९:११

२१ फागुन, काठमाडौं । पर्यटन विभागले हिमाल आरोहणमा जाने सरकारी सम्पर्क अधिकृत बन्न चाहने कर्मचारीको नाम माग गरेको छ ।

आगामी आरोहण सिजनमा नेपालका विभिन्न हिमालको आरोहणका लागि अनुमति लिएका पर्वतारोही दलका साथमा जाने सम्पर्क अधिकृतका लागि विभागले नेपाल सरकारका सबै विभाग तथा मन्त्रालय तथा प्रदेश मन्त्रालयहरुसँग समेत नाम माग गरेको हो ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानद्वारा सञ्चालित पर्वतारोहण सम्पर्क अधिकृत अनुस्थापन तालिम लिएका कर्मचारीको नाम छनोट गरी विभाग तथा मन्त्रालयहरुले विभागमा पठाउनु पर्ने भएको छ । यसका लागि १५ दिनको समय दिइएको छ ।

विभागले १ सयभन्दा बढी दरबन्दी भएका कार्यालयबाट २ र सो भन्दा कम दरबन्दी भएको निकायबाट १ जना पठाउनु पर्ने भएको छ । सो कार्यालयमा ६ महिनादेखि काम गरिरहेका कर्मचारीलाई सम्पर्क अधिकृतका रुपमा खटाउन सकिने भएको छ ।

यसअघि सम्पर्क अधिकृतमा जान नपाएका कर्मचारीलाई प्राथमिकता दिन समेत भनिएको छ । ६ महिनादेखि वैदेशिक भ्रमणमा नपरेको र विदेशी नियोगमा पछिल्लो २ वर्षयता नपरेका कर्मचारीले मात्र सम्पर्क अधिकृत बन्न सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?