+

थकान गम्भीर रोगको लक्षण पनि हुनसक्छ

२०८० फागुन  २३ गते १२:४८ २०८० फागुन २३ गते १२:४८
Shares
थकान गम्भीर रोगको लक्षण पनि हुनसक्छ

कतिपय व्यक्तिलाई राति राम्रैसँग निदाए पनि दिनभर थकान महसुस हुन्छ । शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वभाविक नै हो तर सामान्य अवस्थामा पनि थकान महसुस भइरहनु भनेको चाहिं स्वास्थ्य समस्या हो ।

थकान धेरै कारणले हुनसक्छ । शरीरमा पानीको कमी, अत्यधिक मद्यपान, खराब जीवनशैलीका कारण पनि हुनसक्छ । समयमा खाना नखाँदा, अत्यधिक जंकफुड खाँदा, धेरैबेर स्क्रिनमा हेदा, सुत्नुअघि मोबाइल धेरै चलाउँदा स्लीप साइकलमा अवरोध भएर थकान महसुस हुन्छ ।

थकान सामान्य मात्रै होइन, गम्भीर रोगको लक्षणसमेत हुनसक्छ । क्यान्सर, मल्टिपल स्क्लेरोसिस (मस्तिष्क र मेरुदण्डको नसा प्रणालीमा हुने समस्या), डिप्रेसन र अन्य विभिन्न रोगका कारण थकान हुन्छ ।

आइरनको कमी

रगतमा आइरनको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा अक्सिजनको कमी हुन्छ । त्यसले मानिसलाई थकित बनाउँछ ।

शरीरमा अक्सिजनको कमी

प्रायः दमका बिरामीलाई शरीरमा अक्सिजनको कमी भएर शरीर कमजोर वा शिथिल भएको महसुस हुन्छ । उनीहरुमा श्वासप्रश्वासको कमी भएर यस्तो समस्या भइरहेको हुनसक्छ ।

शरीरमा पानीको कमी हुनु

शरीरमा पानीको कमीले पनि थकान हुन्छ वा हुनसक्छ । दिनभरि आवश्यक पानी नपिउँदा टाउको दुख्ने, पाचन प्रक्रियामा गडबडी हुने, जोर्नी र मासंपेशी कमजोर हुने समस्या हुन्छ । मिर्गौलामा पत्थरीको जोखिम पनि हुन्छ । यसले शरीरलाई आलस्य बनाउँछ ।

भिटामिन को कमी

आजभोलि घाममा बस्ने कुरामा धेरैको चासो हुँदैन । कोठाभित्र बसेरै काम गर्ने र घाममा नताप्दा शरीरले भिटामिन डी प्राप्त गर्न सक्दैन । घाम ताप्नु स्वास्थ्यका लागि महत्वपूर्ण छ । यसबाट पाइने भिटामिन डीले हड्डी मजबुत गर्ने र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्छ । शरीरमा यसको कमी भएमा हड्डी दुख्ने, शरीरका मांसपेशी कमजोर भएर थकान र आलस्य महसुस हुन्छ ।

क्याल्सियमको कमी

शरीरमा क्याल्सियमको कमी भएर हड्डी कमजोर हुँदा पनि शरीर शिथिल, कमजोर र आलस्य हुने गर्छ । क्याल्सियमको अभावले शरीरका हड्डी कमजोर भएर मांसपेशी पनि कमजोर हुँदै जान्छ । यसकारण शरीर थकान भएको महसुस हुन्छ । रगतमा क्याल्सियमको मात्रा कम भएर हाइपोक्याल्सेमिया रोग लाग्ने जोखिम हुन्छ ।

मधुमेह

मधुमेहको संकेत पनि हुनसक्छ थकान । किनकि थकान महसुस हुने, आलस्य हुने जाँगर नचल्ने यसको लक्षण हो । यो शरीरमा इन्सुलिन हार्मोनले राम्रोसँग काम नगरेपछि हुन्छ । मधुमेह भएको छ भने शरीरमा औषधिको डोज कम भएर सुगरको मात्रा बढ्नाले पनि थकान हुने गर्छ ।

हाइपोथाइराइड

शरीरमा थाइराइडड हार्मोन कम हुनुलाई हाइपोथाइराइड हुन्छ । हार्मोन कम हुँदा शरीर गल्ने, आलस्य हुने, थकान महसुस हुने हुन्छ ।

थकानसँग निद्राको सम्बन्ध

व्यक्तिपिच्छे निद्राको आवश्यकता फरक-फरक हुनसक्छ । तर विज्ञहरूका अनुसार सामान्यतया सातदेखि नौ घण्टा सुत्नु महत्वपूर्ण हुन्छ । निद्राले शरीरका मांसपेशी मजबुत राख्न, रोगप्रतिरोधात्मक क्षमता बढाउन, भावनाहरू सम्हाल्न, सम्झनाहरू भण्डारण गर्न र नयाँ जानकारीहरू सम्झिन महत्वपूर्ण भूमिका हुन्छ ।

केही अनुसन्धानकर्ताले लामो समय थकानबाट ग्रस्त भएमा मानिसमा मृत्युको जोखिम बढी हुने बताएका छन् । थकान धेरै हुनेहरुमा चिन्ता र डिप्रेसनको जोखिम बढी हुने अनुसन्धानले देखाएको छ ।

समाधानको उपाय

लामो समय सुत्नुभन्दा राम्रोसँग निदाउनु महत्वपूर्ण छ । छोटै भए पनि गहिरो निद्राले ताजा महसुस गराउँछ । जब हामी सुत्छौं, मस्तिष्कले अनावश्यक काम रोक्छ । अनुसन्धानले हरेक दिन एकै समयमा सुत्नु लाभदायक हुने देखाएको छ । किनकि मस्तिष्कले २४ घण्टा चक्रमा काम गर्छ । एक निश्चित समयमा सुत्दा उसले आफ्नो काम राम्रोसँग गर्न सक्छ । यही कारणले गर्दा केही अनुसन्धानले देखाउँछ सिफ्टमा काम गर्दा मानिसको स्वास्थ्यमा नराम्रो असर पर्छ । यसका कारण पेटमा एसिडिटी हुने र मधुमेह समेत हुने खतरा रहन्छ ।

यस्तै सन्तुलित आहार, पोषणयुक्त खाना, दैनिक निश्चित समयमै सुत्ने, पर्याप्त गहिरो निद्रा, दैनिक शारीरिक व्यायाम गर्ने, तनाव नलिने, पर्याप्त मात्रामा पानी पिउने र कुनै रोगको लक्षण भएमा सम्बन्धित चिकित्सकलाई जाँच गराउनुपर्छ ।

थकान
डा. अमर प्रजापति
लेखक
डा. अमर प्रजापति
जनरल फिजिसियन 

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १५४१६ एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन) हाल भक्तपुरस्थित ख्वप अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?