
२८ फागुन, काठमाडौं । गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा भएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएका हुन् ।
गृह सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ । गृह सचिव भएका अर्यालले प्रधानमन्त्री कार्यालयअघि श्रम सचिवका रुपमा काम गरेका थिए ।
उनी गृह प्रशासनमा लामो समय प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका कर्मचारी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4