+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.6)
VS
८४ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

युनिमोल प्यारासिटामोल गुणस्तरहीन, बिक्री वितरणमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १७:४४

५ चैत, काठमाडौं । औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल न्यून गुणस्तरको फेला पारेको छ ।

विभागले अनुगमनका क्रममा संकलन गरेको औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भएकाले युनिमोल नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको हो ।

विभागले युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल ५०० एमजीको ब्याच नं बीडीटी–२३६९, औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोकी बजारबाट तुरुन्त फिर्ता गरी विवरण पेस गर्न उत्पादक कम्पनीलाई निर्देशन पनि दिएको छ ।

खराबी देखिएका ब्याचका औषधिहरू बजारमा बिक्री वितरण, सिफारिस र प्रयोगसमेत नगर्न सबैमा विभागले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?