+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

उत्तरी क्षेत्रबाट हुने उद्धार उडानमार्फत सुन तस्करीको आशंका

कडाइ गर्न जाँझबुझ आयोगको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते ९:४७

७ चैत, काठमाडौं । चीनसँग सीमा जोडिएको उत्तरी नाका आसपासबाट हुने हेलिकोप्टरको उद्धार उडानमार्फत सुन तस्करी हुने गरेको आशंका गरिएको छ ।

सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगले उद्धारका लागि प्रयोग हुने हेलिकोप्टरबाट समेत सुन तस्करी हुने गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको हो । त्यसबारे आफूहरुलाई सुराकहरु प्राप्त भए पनि दिन र समय नै तोकेर भने विवरण प्राप्त नभएको आयोगका एक सदस्यले बताए ।

आयोगले केही विषयमा विस्तृत छानबिन गर्नुपर्ने देखिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेको उनले बताए । आयोगले प्रतिवेदनमा हेलिकोप्टरमार्फत समेत सुन तस्करी भएको सूचना प्राप्त भएको बताउँदै यसको नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्ने भनिएको छ ।

‘विरामीलाई उद्धार गरेर आएको हेलिकोप्टरलाई समेत निगरानीमा राख्नुपर्ने सुझाव दिएका छौं, सुत्केरी लिन गएको हेलिकोप्टरमा समेत सुन आएको सूचना पाएका थियौं’, उनले थपे, ‘यसका लागि निश्चित ठाउँमा मात्र उद्धार हेलिकोप्टर अवतरण गराउनुपर्ने र त्यहाँ सीसी टीभी राख्नुपर्ने भनेका छौं ।’

हेलिकोप्टर सेवा प्रदायकले पनि नागरिक उड्डयन प्राधिकरणसँग विवरण टिपाएर मात्र परिचालित हुनुपर्ने भनिएको छ । आयोगले हेलिकोप्टर सेवाको विवरण समेत मगाएर अध्ययन गरेको स्रोतको भनाइ छ ।

आयोगमा छलफलका लागि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएका बेला समेत यो विषयमा सोधिएको ती सदस्यले बताए ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले भने प्रतिवेदनमा भएका विषयवस्तुबारे विस्तृतमा बताउन चाहेनन् । ‘थप अनुसन्धान हुनुपर्ने विषय भएकाले यो सरकारको कुरा भयो, हामीले समग्रमा कसरी तस्करी नियन्त्रण गर्ने भन्नेबारे सुझाव पनि दिएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘वस्तुगत तथ्य देखिएका आधारमा प्रतिवेदन तयार गरेर बुझाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?