+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बैंकको सञ्चालक हुन ७० वर्षे उमेर हद राख्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १६:३५

८ चैत, काठमाडौं । बैंकको सञ्चालकमा ७० वर्षे उमेर हद राख्ने प्रस्ताव अघि बढेको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा दर्ता गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो ।

प्रचलित ऐनमा बैंकको सञ्चालकमा मनोनीत वा निर्वाचित हुन २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान छ । न्यूनतम उमेर हद रहेता पनि अधिकतम उमेर हदको विषय प्रचलित ऐनमा छैन ।

संशोधन विधेयकमा अधिकतम उमेर हद राख्ने प्रस्ताव गरिएको हो । प्रचलित ऐनको दफा १८ को उपदफा १ मा यस सम्बन्धी व्यवस्था राख्न प्रस्ताव गरिएको छ । जहाँ ‘२५ वर्ष पूरा नभएको र ७० वर्ष उमेर नाघेको’ व्यक्ति बैंकको सञ्चालक हुन अयोग्य हुने भनिएको छ । यसो गर्नुको कारणमा भनिएको छ, ‘सञ्चालकको मनोनीत वा निर्वाचित उमेर किटान गर्न आवश्यक भएकाले ।’

प्रस्तावित विधेयक जस्ताको तस्तै संसदबाट पारित भए ७० वर्ष नाघेका व्यक्ति बैंकको सञ्चालकमा मनोनीत वा निर्वाचित हुन अयोग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?