+

बच्चाको दाँत कति महिनाभित्र आइसक्छ ?

२०८० चैत  १८ गते १४:३५ २०८० चैत १८ गते १४:३५
Shares
बच्चाको दाँत कति महिनाभित्र आइसक्छ ?

शिशु जन्मिएको ६ महिना पुगेपछि दाँत उम्रिन थाल्छ । यसलाई दूध दाँत भनिन्छ । तर बच्चाहरुको दाँत आउने उमेर भने एउटै हुँदैन । कसैको ६ महिनामै आउँछ भने कसैको ११ महिनामा पनि आउने गर्छ । दूधे दाँत २० वटासम्म आउँछ, जुन ३६ महिनाको अवधिभित्र आइसक्छ ।

त्यसपछि ६ देखि १२ वर्षको उमेरबीचमा दूधे दाँत झर्न थाल्छ र स्थायी दाँत उम्रिने क्रम सुरु हुन्छ । जसलाई मेडिकल भाषामा ‘सेकेन्डरी युरुपसन अफ टिथ’ भनिन्छ ।

दूधे दाँत सुरुमा अगाडिकझ आउँछ । कसैको एकैचोटि दुईवटा आउन सक्छ भने कसैको एक-एक वटा गरी पनि उम्रिने गर्छ ।

दूधे दाँत उम्रिने बेलामा बच्चामा आउने परिवर्तन

दाँत उम्रिने समयमा गिजा सुन्निने वा रातो हुने, र्‍याल बढी चुहाउने, जे पनि खानेकुरा पनि मुखमा हाल्ने, गिजा दुख्ने, चिलाउने र ज्वरो आउने हुनसक्छ । कसैलाई दाँत आउने बेलामा दुखेर खाना खान गाह्रो हुने, दुखाइले निद्रामा समस्या हुने हुन्छ ।

के गर्ने ?

बच्चाको दाँत उम्रिने बेला केरा, उसिनेको स्याउ, फलफूल, गाँजर, काँक्रो जस्ता खानेकुरा चपाउन दिनुपर्छ । यसले बच्चालाई दाँत दुखेको र चिलाएर कम हुन्छ ।

के कारण दाँत ढिलो आउँछ ?

शरीरमा पोषक तत्वको कमी, वंशाणुगत, थाइराइड र अन्य हार्मोनको समस्या भिटामिन डीको कमी समय अगावै शिशुको जन्म भएमा, शिशुको मन तौल भएमा र मानसिक समस्या हुनाले पनि दाँत ढिलो आउँछ ।

दाँत नआउने पनि हुनसक्छ ?

पहिलो दाँत ११ महिनाभित्र नआएमा सम्बन्धित चिकित्सकलाई जाँच गराउनुपर्छ । यस्तो अवस्थामा आवश्यकताअनुसार औषधि खुवाउनुपर्ने हुनसक्छ ।

कसरी जोगाउने दूधे दाँत ?

बच्चाको पहिलो दाँत आएको ६ महिनाभित्र चिकित्सकलाई जाँच गराउनुपर्छ । यसले गर्दा दाँतलाई कसरी सुरक्षित गर्ने भन्ने बारेमा जानकारी हुन्छ ।

बच्चाको दाँत आउन थालिसकेपछि दाँत माझिदिने गर्नुपर्छ । एउटा मात्र भएपनि दाँत माझ्नुपर्छ ।

बिहान बेलुका बच्चाले खाना खाइसकेपछि दाँत माझ्ने गराउनुपर्छ । यसले दाँतलाई बलियो बनाउन मद्दत गर्छ ।

धे दाँत कहिले झर्छ ?

बच्चाहरुको ६ वर्षदेखि दूधे दाँत झर्न सुरु हुन्छ र लगभग १२-१३ वर्षसम्म सबै दूधे दाँत झरेर नयाँ दाँत आउने गर्छ ।

डा. मनिषा मल्ल बच्चाको दाँत बाल स्वास्थ्य
डा. मनिषा मल्ल
लेखक
डा. मनिषा मल्ल
बाल दन्तरोग विशेषज्ञ

डा. मल्ल हाल काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज तथा अस्पतालमा कार्यरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?

आयोडिनयुक्त नुन सम्बन्धी ऐन बनेको २७ वर्षपछि कार्यान्वयन हुँदै

आयोडिनयुक्त नुन सम्बन्धी ऐन बनेको २७ वर्षपछि कार्यान्वयन हुँदै

नागरिकको ‘युनिक हेल्थ आइडी’ निर्माणका लागि स्वास्थ्य मन्त्रीले गठन गरे सुझाव समिति

नागरिकको ‘युनिक हेल्थ आइडी’ निर्माणका लागि स्वास्थ्य मन्त्रीले गठन गरे सुझाव समिति