+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

रास्वपाका सांसदले भने : काठमाडौंका धारामा पानी होइन, ढल आउँछ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १२:२९

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आफ्नो निर्वाचन क्षेत्रका जनताले स्वच्छ खानेपानी पिउन नपाएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘काठमाडौंका जनताको घरको धारामा पानी होइन सभामुख महोदय, मानव मलमूत्र मिसिएको गनाउने कालो ढल आउँछ ।’

सांसद पराजुलीले अगाडि भने, ‘मेरो निर्वाचन क्षेत्र काठमाडौं ७ को महानगरको मुटुमा रहेका वडा नम्बर २५, २६, २४, १७ लगायतका क्षेत्र असन इन्द्रचोकको कुरा गर्दैछु । सहरभित्रका नागरिक ढलको पानी धारामा पठाइदिएबापत केयुकेललाई शत प्रतिशत बढेको शुल्क तिर्न बाध्य छन् यो कस्तो विडम्बना हो ?’

यस्तो अवस्थाको अध्ययन गरी खानेपानी मन्त्रालयले सहरभित्रको खानेपानी वितरण प्रणाली व्यवस्थित बनाउनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?