+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मिस्टर बिस्ट्ले युट्युब छाड्न लागेका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १२:४१

काठमाडौँ । विश्वमा धेरै पछ्याइएका युट्युबर मिस्टर बिस्ट्ले मंगलबार बिहान एउटा पोस्ट ट्वीट गरे । उनको यो पोस्टले अहिलेसम्म पनि इन्टरनेट प्रयोगकर्तालाई अन्योलमा राखिदिएको छ ।

अप्रिल १ मा गरिएको उक्त ट्वीटलाई कतिपयले अप्रिल फुल प्रयांकको रुपमा लिएका छन् भने कतिपयले वास्तविक हुनसक्ने अड्कलबाजी गरेका छन् । मिस्टर बिस्टको ट्वीट थियो- मैले युट्युव छाड्दैछु ।

उनको यो जवाफमा एक्स (पहिलेको ट्वीटर)का मालिक एलन मस्कले समर्थन जनाउँदै लेखेका छन्- तिमीले वास्तवमै छाड्नुपर्छ ।’ यी दुईजनाको रोचक सवाल-जवाफलाई लाखौंले प्रतिक्रिया जनाएका छन् ।

वास्तविक नाम जिम्मी डोनाल्डसन रहेका मिस्टर बिस्टको युट्युब च्यानल टी सिरिजपछि दोस्रो धेरै सब्सक्राइब गरिएको च्यानल हो । उनी युट्युबबाट धेरै कमाउनेमध्ये पर्छन् ।

मिस्टर बिस्टको उक्त घोषणाको ट्वीटलाई २५ मिलियनभन्दा धेरै भ्युज मिलेको छ ।

प्रतिक्रियामा धेरै फ्यानले मिस्टर बिस्टलाई युट्युव प्लाटफर्म नछाड्न आग्रह गरेका छन् । ‘प्रत्येक बिहान म ब्युँझँदा मैले तपाईंको नयाँ भिडियो हेर्न पाऊँ भनेर प्रार्थना गर्र्छु’ एक प्रयोगकर्ता लेख्छन्, ‘जुन दिन तपाईंले भिडियो पोस्ट गर्नुहुन्छ, त्यो दिन मेरो जीवनको उत्कृष्ट दिन हो ।’

युट्युवको अफिसियल ह्याण्डिलले पनि जवाफ दिँदै दुई सातासम्म कहाँ हराएका थियौ भनेर लेखेको छ । कतिपय प्रयोगकर्ताले जिमेलको घोषणा अप्रिल १ मै भएकाले मिस्टर बिस्टको भनाईलाई पनि मजाकमा नउडाउन भनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?