
२६ चैत, धनगढी । कञ्चनपुरमा अवैध रूपमा लुकाएर राखेकाे काठसहित सामुदायिक वन उपभोक्ता समितिका सचिव पक्राउ परेका छन् ।
कृष्णपुर नगरपालिका-१ मा रहेकाे जगदम्बा मयूर सामुदायिक वन उपभोक्ता समितिका सचिव गाेविन्द पन्तलाई अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद ढकालले खेतमा काठ लुकाइछिपाइ राखेकाे अवस्थामा पन्तलाई पक्राउ गरिएको जानकारी दिए । उनले अवैध रूपमा लुकाएर राखेकाे काठसमेत बरामद गरिएको छ । अदालतबाट म्याद थप गरेर पन्तमाथि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4