
२६ चैत, भक्तपुर । विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्का विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
पाँचतले मन्दिर (तःमारी) मा सोमबार श्री नासः हैः मा बाजा समूहको आयोजनामा कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेवारी समुदायले संयुक्त रुपमा धिमे बाजा (नेवार समुदायमा रहेको प्रचलित बाजा) प्रदर्शन गरेका थिए ।
हाकुपटासी (नेवार समुदायमा लगाइने परम्परागत फरिया) लगाएका सयौं युवतीले धिमे बाजाको तालमा नाच पनि देखाएका थिए ।
पाँचतले मन्दिरका प्रत्येक तल्ला र परिसरमा रहेर उनीहरुले बाजा तथा नाच देखाएका थिए । नाच हेर्न मानिसहरूको भीड लागेको थियो ।
भक्तपुरको मुख्य बजारको रुपमा रहेको पाँचतल्ले मन्दिर परिसरमा दिनभरजसो प्रदर्शन गर्ने र दर्शकको भीड लागेको थियो ।
प्रत्येक वर्ष यही ठाउँमा राखेर काठैकाठबाट बनेको प्यागोडा शैलीको भैरवनाथको रथ डोरीको सहायताले तानेर जात्रा सुरु हुने परम्परा छ ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4