+
+

उपचुनाव हुने क्षेत्रमा ३ दिन विद्यालय बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १५:४३

२७ चैत, काठमाडौं । उपनिर्वाचन हुने इलाम २ र बझाङ १ मा केही दिन विद्यालय बन्द हुने भएको छ ।

निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेको छ । यसका लागि १३ र १४ गते दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ ।

निर्वाचन हुने क्षेत्रमा मतदानको दिन पनि बिदा हुनेछ । त्यसैले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा ३ दिन विद्यालय बन्द हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?