
२८ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
राष्ट्रिय सभामा बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी थिइन् ।
लगत्तै राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष पद तथा तथा गोपनीयताको शपथ लिएकी छन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4