+
+

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते ९:०९

३० चैत, दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्दै छ ।

नेकपा माओवादी केन्द्रका नेता महरा यही चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शपथ र पदभार ग्रहण भने उनले २५ गते गरेका थिए ।

सोही दिन उनले नेकपा एमालेका चेतनारायण आचार्य, जनता समाजवादीका भण्डारीलाल अहिर र माओवादीका दीपेन्द्र पुनलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । आज विश्वासको मत लिएपछि मात्र मन्त्रीहरुको जिम्मेवारी तोक्ने र मन्त्रिपरिषद विस्तार गर्ने योजना रहेको मुख्यमन्त्री महराको सचिवालयले जनाएको छ ।

केन्द्रमा सत्ता समीकरण बदलिएअनुसार लुम्बिनी प्रदेशमा अल्पमतमा परेपछि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि माओवादी केन्द्र संसदीय दलका नेता महरा ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनलाई सत्ता गठबन्धन दल नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एकीकृत समाजजादी १ र स्वतन्त्र सांसद खड्क बस्नेतले समर्थन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?