+
+

इन्टरपोलको सम्मेलनमा सहभागी हुन प्रहरी प्रमुख कुँवर फ्रान्स प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते ७:४६

१० वैशाख, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयले वैशाख ११ गतेदेखि १३ गतेसम्म लियोनमा १९औं इन्टरपोल सम्मेलन आयोजना गरेको छ । त्यसमा इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुखहरु सहभागी हुन्छन् ।

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान गरेपछि निमित्तको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?