+
+

सिन्धुलीका प्रहरी प्रमुख हेडक्वार्टर तानिए

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १६:५१

१० वैशाख, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्मा प्रहरी हेडक्वार्टर तानिएका छन् ।

प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई सोमबार हेडक्वार्टर तान्ने निर्णय गरेको हो । जिम्मेवारी खासेर हेडक्वार्टर तान्नुको कारणबारे भने प्रहरी प्रधान कार्यालयले केही बताएको छैन ।

‘जिम्मेवारीमुक्त गरेर हेडक्वार्टर तान्ने निर्णय भएको हो । तर किन के कारण भने अहिले केही भन्न मिल्दैन’ हेडक्वाटर स्रोतले अनलाइनखबर सँग भन्यो ।

उनले २ फागुनमा मात्रै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको कमाण्ड सम्हालेका थिए ।

यसअघि पनि २३ चैतमा अवधि नपुग्दै एसपीहरुको जिम्मेवारी खोसिएको थियो । जिम्मेवारी सम्हालेको डेढ महिनामै महोत्तरीका एसपी श्याम राई र सर्लाहीका एसपी दयानिधि ज्ञवाली तानिएका थिए ।

जिम्मेवारी सम्हालेको ६ महिना नपुग्दै बाँकेका एसपी सुवासचन्द्र बोहराको पनि जिम्मेवारी खोसिएको थियो । १५ भदौमा बाराको कमाण्ड सम्हालेका सुरेश काफ्ले पनि ७ महिनामै तानिएका थिए । पाँचै महिनामा जिल्ला प्रहरी कार्याल धनुषाका एसपी मित्रबन्धु शर्माको पनि सरुवा गरिएको थियो । १६ भदौमै जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड सम्हालेका महेन्द्रकुमार श्रेष्ठ पनि ७ महिना नपुग्दै तानिएका थिए ।

रवि लामिछाने गृहमन्त्री बनेपछि अवधि नपुग्दै एसपीहरुको जिम्मेवारी खोसिएको छ । जिम्मेवारी खोसिएकाहरुलाई आर्थिक आरोपदेखि कमाण्ड कन्ट्रोल गर्न नसकेको सम्म आरोप लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?