+

१० खानेकुरा, जुन हुन् फाइबरको राम्रो स्रोत

२०८१ वैशाख  १४ गते ११:०५ २०८१ वैशाख १४ गते ११:०५
१० खानेकुरा, जुन हुन् फाइबरको राम्रो स्रोत

फाइबरले शरीरमा कुचोले जस्तो काम गर्छ । त्यसैले फाइबरलाई पेट सफा गर्ने ब्रस समेत भनिन्छ । यसले आन्द्रामा टाँसिएर बसेका खानेकुरालाई धक्का दिएर पेटलाई सफा गर्छ ।

फाइबरले पाचन प्रक्रियामा सुधार ल्याई कब्जियत, पायल्स, पेटको समस्या वा मलद्वारको समस्या हुनबाट जोगाउँछ । यस्तै यसले रगतमा कोलेस्टेरोल र ग्लुकोजको मात्रा कम गर्ने काम गर्छ । धेरैथोरै सबैमा फाइबर हुन्छ तर त्यसमध्ये यी १० खानेकुरामा प्रर्याप्त मात्रामा पाइन्छ ।

काउली

काउली जाडो महिनामा सजिलै पाइने तरकारी हो । प्रशस्त फाइबर पाइने यो तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट र मिलरल्स पनि पर्याप्त मात्रामा पाइन्छ । सामान्यतया काउली तरकारी बनाएर खाइन्छ । काउलीलाई उसिनेर र काँचै सलादको रुपमा पनि खान सकिन्छ । काउलीलाई दैनिक उपभोग गर्न सकेमा कब्जियत र मोटोपनजस्ता समस्याबाट टाढा राख्न मद्दत गर्छ ।

आलु

आलु पनि उच्च फाइबरको स्रोत हो । आलुको बोक्रामा फाइबरको मात्रा धेरै हुन्छ । विश्वको जुनसुकै भेगमा पाइने तरकारीमध्ये एक हो यो । यसलाई जुनसुकै तरकारीसँग मिसाएर पकाउन सकिन्छ ।

नेपालीको भान्छामा अन्य तरकारी नभएपनि आलु अनिवार्य जस्तै हुन्छ । यसलाई उसिनेर, भुटेर, छुट्टै तरकारी बनाएर वा अन्य तरकारीसँग मिसाएर खान सकिन्छ । साथै मासुमा पनि आलु मिसाएर खाएको पाइन्छ । पोटासियम, भिटामिन, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट र प्रोटिनको राम्रो स्रोत आलुले कोलेस्टेरोल कम गर्न पनि मद्दत गर्छ ।

हरियो सागसब्जी

हरियो सागसब्जीमा फाइबर र भिटामिन भरपुर मात्रामा हुन्छ । यो नेपालीको हरेका घरमा सजिलै पकाइने तरकारीमध्ये पर्छ । नेपालमा रायो, तोरीको साग, पालुंगो, मेथीको साग, फर्सीको मुन्टा, हरियो प्याज, निगुरो आदिलाई हरियो सागसब्जीको रुपमा खाइन्छ । खासगरी हरियो सागसब्जीलाई तरकारी, सलाद, साँधेर खाने गरिन्छ । यसको नियमित सेवनले मोटोपन नियन्त्रण गर्न हड्डी बलियो बनाउने र रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

सिमी

सिमी गेडागुडीको एक प्रकार हो । सिमीमा कोलेस्टोरोल कम गर्ने फाइबर पाइन्छ । यसलाई तरकारी वा दाल बनाएर खान सकिन्छ । घिउ सिमी, बकुल्ला सिमी, राजमा लगायतका यसका प्रकार हुन्छन् । यसले हड्डी र मुटु स्वस्थ राख्न मद्दत गर्छ ।

जौको पठो

फाइबरको राम्रो स्रोत जौको पीठोमा प्रोटिन, भिटामिन र अन्य पोषक पाइन्छ । यसलाई गिलो र सुक्खा रोटी बनाएर तरकारीसँग खान सकिन्छ । सातु बनाएर पनि खान सकिन्छ । यसले अरुचिको समस्या कम गर्ने, पाचन प्रणालीलाई बलियो बनाउने, तौल नियन्त्रण गर्न र छाला स्वस्थ राखे काम मद्दत गर्छ ।

काक्रो

काँक्रोमा फाइबर र प्रशस्त मात्रामा पानी पाइन्छ । यसको दैनिक सेवनले शरीरमा विभिन्न किसिमको फाइदा गर्छ । काँक्रोको सेवनले शरीरमा भएको कोलेस्टेरोलको मात्रालाई कम गर्न मद्दत गर्छ भने यसको दैनिक सेवनले शरीरको तौल घटाउन पनि मद्दत गर्छ । खासगरी यो गर्मी मौसममा पाइन्छ । यसलाई गर्मी मौसममा शरीरलाई शीतल बनाउन र पानीको कमी हुनबाट जोगाउँछ । विशेषगरी काँक्रोलाई सलादको रुपमा खाने गरिन्छ । काँक्रोको सेवनले अनुहारमा चमक ल्याउन मद्दत गर्छ । भिटामिन, मिनरल्सलगायत पोषक तत्व पाइन्छ ।

एभकाडो

फाइबरको अर्को स्रोत हो एभोकाडो । यसलाई रोटी वा पाउरोटीमा जाम जस्तै गरी राखेर खान सकिन्छ ।

केरा

सहजै पाइने फलफूलमा पर्छ केरा । यसमा भरपुर मात्रामा फाइबर पाइन्छ । पाकेको केरा त्यसै बोक्रा निकालेर पनि खान सकिन्छ भने यसलाई सलाद, जुस र सेकका रुपमा खान सकिन्छ । त्यस्तै काँचो केरालाई उसिनेर वा तरकारी बनाएर खान सकिन्छ । पाकेको केरामा भन्दा काँचो केरामा फाइबरको मात्रा बढी हुन्छ । तौल घटाउन र बढाउन पनि केरा लाभदायक हुन्छ ।

अम्बा

अम्बा जाडो मौसममा फल्ने फल हो । अम्बामा पर्याप्त मात्रामा फाइबर, भिटामिन सी र प्रोटिन पाइन्छ । जाडो महिनामा पाइने अम्बा दिउँसो खानु राम्रो हुन्छ ।

ड्राइफ्रुट्स

बदाम, पिष्टा, ओखर, काजुजस्ता ड्राइफ्रुट्समा पनि फाइबर पर्याप्त हुन्छ । ड्राइफ्रुट्स दैनिक मिलाएर खान सकिन्छ । बदाम, काजु र पिष्टा एकचोटि धेरै खानु भने हुँदैन, मात्रा मिलाएर खानुपर्छ ।

एजेन्सीको सहयोगमा

खानेकुरा फाइबर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?

आयोडिनयुक्त नुन सम्बन्धी ऐन बनेको २७ वर्षपछि कार्यान्वयन हुँदै

आयोडिनयुक्त नुन सम्बन्धी ऐन बनेको २७ वर्षपछि कार्यान्वयन हुँदै