
१९ वैशाख, जनकपुरधाम । सप्तरीको महदेवा गाउँपालिका-१ चिमटिमा मंगलबार साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् ।
साँझ ५ बजे अचानक भएको आगलागीमा परी केही गोठसहित ११० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
आगलागी ६ वटा वारुणयन्त्र, १०० सय बढी सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ५ घन्टापछि राति १० बजे नियन्त्रणमा लिइएको उनले बताए ।
कसरी आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4