+
+

लुम्बिनीमा ई–ड्राइभको राइड सेयरिङ सेवा सुरू

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १९:३८

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा ई–ड्राइभको राइड सेयरिङ सेवा सुरू भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुधबार ई–ड्राइभको सेवा उद्घाटन गरेका हुन् ।

हरेक नागरिकका लागि प्रविधिको प्रयोग अहिलेको मुख्य आवश्यकता भएको भन्दै मुख्यमन्त्री महराले नयाँ उद्यम गर्ने उद्यमीलाई प्रदेश सरकारले सहयोग गर्दै जाने बताए ।

कम्पनीले पहिलो चरणमा ५ वटा आफ्नै विद्युतीय कार र एक हजार बढी निजी मोटरसाइकल र स्कुटरबाट सेवा दिन थालेको ई–ड्राइभ नेपाल प्रालि, लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुप्ताले जानकारी दिए ।

छिट्टै विद्युतीय टेम्पो र एम्बुलेन्स पनि सञ्चालन गर्ने योजना रहेको गुप्ताले बताए । उनले भने, ‘ई–ड्राइभमा आवद्ध सवारी प्रयोग गर्दा चालक र सेवाग्राही दुवैको ७ लाख बराबरको बीमा र ७० हजार बराबर उपचार खर्चको व्यवस्था गरिएको छ ।’

ई–ड्राइभले ६ महिनाअघि काठमाडौं उपत्यकामा सेवा सुरू गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?