+
+

१० दिनदेखि भन्सार विभागमा आजपाको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १६:२८

३० वैशाख, काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुस्कारको व्यवस्था खारेज गर्नुपर्नेलगायतका माग राखेर १० दिनदेखि गरिरहेको भन्सार विभाग घेराउ जारी राखेको छ ।

आजपा निकट आम सम्पर्क मञ्चले विभिन्न माग गर्दै काठमाडौंस्थित भन्सार विभागमा घेराउ तथा धर्ना दिएको हो ।

आजपाले विगत ७ महिनादेखि आन्दोलन गर्दै आएको छ । पछिल्लो समय चौथो चरणको आन्दोलन अन्तरगत आजपाले गत २० बैशाखदेखि भन्सार विभाग घेराउ तथा धर्ना दिँदै आएको आजपा नेतृ एवं भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जु साहले बताइन् ।

भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कार सम्बन्धि सम्पूर्ण प्रावधान हटाउनुपर्ने, कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्ने, भन्सार महशुल नबुझाएकै कारण निजि सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्नुपर्ने माग आजपाको छ ।

यस्तै प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्नुपर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्ने, भन्सारबाट उठेको राजस्व रकमको २५ प्रतिशत सम्बन्धित प्रदेशलाई र २५ प्रतिशत सिमासंग जोडिएका पालिकाहरुलाई दिने व्यवस्था गर्नुपर्ने लगायतका माग आजपाको छ ।

मञ्चका उपाध्यक्ष देवेन्द्र ठाकुरले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?