+
+

दूरसञ्चार कम्पनीहरुले मर्मत शुल्कको पनि कर तिर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १८:१३

३० वैशाख, काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले लिएको मर्मत सम्भार शुल्कको पनि कर तिर्नुपर्ने फैसला गरेको छ ।

आफूहरुले लिएको मर्मतसम्भार शुल्कमा कर लिन नहुने भनी दूरसञ्चार सेवा प्रदायकहरुले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो ।

सरकारले मर्मतसम्भार शुल्कमा पनि कर तिर्नुपर्ने निर्णय गरेको थियो । यसविरुद्ध वर्ल्ड लिंक कम्युनिकेसनले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरु हरि फुयाल र डा. नहकुल सुवेदीको इजलासले उक्त रिट खारेज गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?