+
+

प्रधानमन्त्री–सभामुखबीच टेलिफोन वार्ता, नीति तथा कार्यक्रमबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १३:१४

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच टेलिफोन वार्ता भएको छ ।

सोमबार बिहान भएको वार्तामा सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल गरिएको छ । सभामुख घिमिरेले राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयासबारे जिज्ञाशा राखेका थिए ।

प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिए । उनले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरु गर्ने सभामुखलाई जानकारी गराएका छन् ।

सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार छलफल गरेका थिए ।

छलफलमा सभामुखले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए । उनले नीति तथा कार्यक्रम संसद्‌भन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा जोड दिइरहेका छन् ।

नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेको छ । मंगलबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसअघि राजनीतिक दलहरू सहमत भएर संसद् चलाउनुपर्ने सभामुखको राय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?