+
+

नीति तथा कार्यक्रममाथि संसद्‌मा ६ दिन छलफल हुने, जेठ ९ गते पारित गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १२:१८
मंगलबार संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ।

२ जेठ, काठमाडौं । प्रतिनिधि सभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ ।

मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो ।

प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुनेछ ।

जेठ ४ गते, ६ गते, ७ गते र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । ९ गते पनि छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने गरी संसदीय क्यालेन्डर तय भएको छ ।

नीति तथा कार्यक्रम चलिरहेकै समयमा समेत शून्य समय, विशेष समय, केही विधेयक अघि बढाउने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलाउने लगायतका विषयसमेत सञ्चालन गरिने संसदीय क्यालेन्डरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?