+
+

मानव अधिकार आयोगले भन्यो : अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १६:१८

३ जेठ, काठमाडौं।  राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्‍यक्तिहरूको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै ध्यानाकर्षण भएको बताएको छ ।

बिहीबार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गरी बुधबार भृकुटीमण्डपमा अपांगता भएकाहरुको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको घटनाको विरोध जनाएको हो ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका सम्बन्धमा बनेका कानुनहरु र यस अगाडि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र आन्दोलनरत पक्षबीच भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले प्रदर्शन गरेका थिए ।

आयोगले तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरु र नेपाल सरकार बिच यस अघि भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिन, घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचार गर्न एवम् शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको सम्मान र संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले रत्नपार्कको शान्तिवाटिकाबाट पर्यटन बोर्ड हुँदै माइतीघरसम्म पूर्वयोजना अनुरुप अपाङ्गता भएका व्यक्तिहरुको समूहले गरेको प्रदर्शनको अनुगमन गरेको जनाएको छ ।

अनुगमनमा उक्त क्षेत्रको सवारी आवागमन अबरुद्ध भएको, सडकको दुई लेनमा प्रदर्शन गरी बाँकी भागमा सवारी आवागमन गराउन खोज्दा विवाद भएको, यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि लछारपछार गर्दै कुटपिट गरेको आयोगले जनाएको छ ।

बुधबार सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले बुधबार पर्यटन बोर्ड अगाडि प्रदर्शन गर्ने २० जनालाई  लछारपछार गर्दै पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?