+
+

शीर्ष नेताहरुको निर्णय कुर्दै सभामुख र सचेतकहरु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते ११:५८

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । तर, दलहरु आन्तरिक र दुईपक्षीय छलफलमा रहेका कारण प्रतिनिधि सभाको बैठक प्रभावित भएको हो ।

नयाँबानेश्वरस्थित संसद भवनमै विपक्षी दलहरु छलफलमा छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका विपक्षी दलहरु नयाँबानेश्वरमा छलफलमा छन् ।

यही बेला सत्तारुढ दलमा आवद्ध दलका शीर्ष नेताहरु पनि छलफलमा जुटेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सिंहदरवारमा छलफल जारी छ ।

सत्तापक्ष र विपक्षी दलहरुको छुट्टाछुट्टै छलफल चलिरहेका कारण प्रतिनिधि सभाको बैठक अगाडि बढाउने सन्दर्भमा प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले निर्णय लिन सकिरहेको छैन ।

सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् । शीर्ष नेताहरुको निर्णय प्राप्त भएपछि प्रतिनिधि सभा कसरी अगाडि बढाउने भन्ने विषय तय हुन्छ । सभामुख घिमिरे र सचेतकहरु शीर्ष नेताहरुको निर्णय कुरिरहेका छन् ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ । यसमा सहमति जुट्न नसक्दा संघीय संसद प्रभावित हुँदै आएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल नै भएको थियो ।

शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले बिहीबारको घटनाको निन्दा गरेको छ । कांग्रेसले सभामुखको भूमिका माथि समेत प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?