+
+

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १४:५३

४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार सरकारको सिफारिसमा शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको छ ।

बिहीबार प्रदेश सभाबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका थिए । उनले कांग्रेस, नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी पक्ष र राप्रपाको बहिष्कारका बीच विश्वासको मत लिएका थिए ।

सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । तर दलहरूबीच सहमति नभएपछि आजको बैठक नबसी अधिवेशन अन्त्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?