
८ जेठ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ । उनी भक्तपुर नगरपालिका–७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी भएको प्रहरीले जनाएको छ । उनी आज बिहान काठमाडौंको थलीमा मृत फेला परेका थिए ।
धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मंगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो । घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4