+
+

चीन, भारत र अमेरिकाबीच सन्तुलन मिलाउन सके नेपालले ऐतिहासिक फड्को मार्छ : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते ११:५३

९ जेठ, काठमाडौं ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले चीन, अमेरिका र भारतबीच सन्तुलन मिलाएर अघि बढ्न सके नेपालले ऐतिहासिक फड्को मार्नसक्ने बताएका छन् ।

भट्टराईले राजनीति र अर्थतन्त्रको केन्द्र एसियामा सर्न लागेको बताउँदै उनले भारत र चीनका साथै विश्वशक्तिका रुपमा रहेको अमेरिकाबीच पनि सन्तुलन मिलाएर अघि बढ्दा नेपाललाई राम्रो हुने बताए ।

नेपाल न्युज एजेन्सीसँगको अन्तर्वार्ताका क्रममा उनले भने, ‘चीन दोस्रोबाट पहिलो र भारत पाँचौबाट चौथो अर्थतन्त्र बन्नेतर्फ उन्मुख छ । पहिलो शक्ति विश्वशक्ति अमेरिका पनि विश्वव्यापी प्रभाव राख्दछ । यसरी मुख्यतः तीन प्रमुख शक्तिबीचको सन्तुलन मिलाएर अगाडि बढ्ने चुनौती र सम्भावना दुई वटै नेपाललाई छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अघि भने, ‘त्यसैले राम्रोसँग मिलाउँदा नेपाललाई ऐतिहासिक फड्कोको अवसर हुन्छ । मिलाउन नसक्दा गम्भीर चुनौती पनि बन्छ । त्यसको दोसाँधमा छौं हामी ।’

उनले अब नेपाल विश्वमा नयाँ ढंगले प्रस्तुत हुनेबेला आएको भन्दै भार-चीनमात्र नभई उदयीमान बहुकेन्द्र रुस, अफ्रिका र जापानलाई पनि ध्यान दिएर नीति बनाउनुपर्ने बताए ।

अहिलेको अवस्थामा गतिशील शान्तिको नीति लिएर सबै प्रमुख देशसँग सन्तुलित सम्बन्ध बनाउँदा नेपालले कुनै कालखण्डमा स्विट्जरल्याण्डले भूमिका खेलेजस्तै भूमिका खेल्न सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?