+
+

९३ लाखमा रंगेलीमा खानेपानी आयोजना निर्माण हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १३:१०

१६ जेठ,काठमाडौं । मोरङको रंगेली नगरपालिकामा ९३ लाख रुपैयाँ लागतमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण हुने भएको छ । नगर विकास कोषको ऋण लगानीमा खानेपानी आयोजना बन्न लागेको हो ।

बुधबार रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवाल र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा बीच ८३ लाख ९१ हजार रुपैयाँ रकमको ऋण सम्झौता भएको छ ।

आयोजना निर्माणको कुल लागत ९३ लाख २४ हजारको ९० प्रतिशत रकम कोषको तर्फबाट ऋण र १० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने सम्झौतामा उल्लेख छ ।

रंगेली नगरपालिका वडा नम्बर १, ३,५ र ८ सेवा क्षेत्र रहेको उक्त आयोजना निर्माण पश्चात सन् २०२४ मा ४ हजार ११६ घरधुरीलाई २४ सै घण्टा खानेपानी सेवा पुर्‍याउने लक्ष्य छ ।

रंगेली खानेपानी तथा ससरसफाइ आयोजनालाई दिगो रूपमा सञ्चालन गराउन स्रोत व्यवस्थापनको लागि कोषको ऋण लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?