+
+

११ अर्ब बजेट पाएको एमसीसी परियोजनाको खर्च २ अर्ब मात्र

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १७:५८

१७ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ का लागि १० अर्ब ८४ करोड रुपैयाँ बजेट पाएको मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) परियोजनाले चालु आर्थिक वर्षभित्र मुस्किलले झन्डै २ अर्ब रुपैयाँ मात्र बजेट खर्च गर्न सक्ने भएको छ ।

अर्थ मन्त्रालयको संशोधित अनुमान अनुसार एमसीसी मातहतको यो आयोजनाले चालु आवमा १ खर्ब ८३ करोड ६० लाख रुपैयाँ मात्र खर्च गर्न सक्नेछ ।

अघिल्लो आव २०७९/८० मा यो परियोजनामा मात्र ७१ करोड ७५ लाख रुपैयाँ खर्च भएको थियो । १३ भदौ २०८० देखि कार्यान्वयनमा आएको यो परियोजना ५ वर्ष भित्र सकिसक्नु पर्छ । नसके अनुदान फिर्ता जाने प्रावधान छ ।

नेपाल र अमेरिकी सरकारबीच ५० करोड अनुदान सहायतामा यो परियोजना कार्यान्वयन गर्ने सम्झौता भएको छ । जसमा नेपाल सरकारले थप १३ करोड अमेरिकी डलर सहलगानी गर्नेछ ।

अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एमसीसीलाई १३ अर्ब ३६ करोड रुपैयाँ विनियोजन भएको छ । जसमध्ये नेपाल सरकारले ३ अर्ब ४५ करोड र अनुदानबाट ९ अर्ब ९० करोड रुपैयाँ खर्च गर्ने योजना सरकारको छ ।

विनियोजित बजेटमध्ये चालुतर्फ १ अर्ब २३ करोड ८५ लाख र पूँजीगत तर्फ १२ अर्ब १२ करोड १५ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?