+
+

गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालय एक हप्ता बन्द

रासस रासस
२०८१ जेठ १८ गते १३:४९
सुर्खेतको वीरेन्द्रनगर ।

१८ जेठ, सुर्खेत । अत्यधिक गर्मी भएपछि वीरेन्द्रनगर भित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् ।

अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आज वीरेन्द्रनगरको तापक्रम ४० डिग्री सेल्सियस मापन भएको छ । गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले जानकारी दिए ।

वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालय पनि बन्द गर्ने तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धीरेन्द्र शर्मा लम्सालले गर्मी अत्यधिक बढेको भन्दै नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिएको जानकारी दिए ।

‘गर्मी बढेपछि हामीले नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिरहेका छौँ,’ लम्सालले भने, ‘यदि पानी परेर तापक्रम घट्यो भने विद्यालय बन्द हुँदैनन् । गर्मी यस्तै रह्यो भने आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गर्छौं ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?