+
+

मधेश प्रदेशमा श्रमाधान रोजगार मेला, रोजगारीका लागि २ हजार युवाको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १८:२९

२० जेठ, काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकारले संयुक्त रूपमा आयोजना गरेको ‘मधेश प्रदेश श्रमाधान रोजगार मेला’ जनकपुरमा सम्पन्न भएको छ ।

जनकपुरको उद्योग वाणिज्य संघको सभाहलमा आयोजित मेलामा करिब ६ हजारले अवलोकन गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मेलाको पहिलो दिन शनिबार करिब ३ हजार ५ सय र आइतबार करिब दुई हजार पाँच सयले अवलोकन गरेको मन्त्रालयले जनाएको छ ।

दुई दिनमा रोजगारीको खोजीमा मेलास्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।

मेलामा रोजगारीको लागि होटल क्षेत्रतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५, बैंकमा २७ र सेक्युरिटी गार्ड तर्फ ८० जनासहित २४७ जनाले आवेदन दिएका थिए । उनीहरूलाई अन्तर्वार्तामा बोलाइएको छ ।

मेलामा उद्योग प्रतिष्ठानका १४, होटलका ४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैंक तथा वित्तीय संस्थाका २ तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्रका ६ गरी जम्मा ३७ वटा स्टल राखिएका थिए ।

नेपाल उद्योग परिसंघ मधेश प्रदेशको संयोजनमा भएको मेलाको शनिबार श्रम मन्त्री डोलप्रसाद अर्यालले उदघाटन गरेका थिए । मेलामा चार प्यानलमा श्रमाधान संवाद भएको छ ।

श्रम आप्रवासन र कानुनी प्रक्रिया तथा मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सूचनाको असर, मधेशमा महिला उद्यमी संघर्षबीचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज, अबको बाटो सामाजिक सुरक्षा प्यानलमा छलफल भएको छ ।

आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले भएको मेलामा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेशको श्रम तथा यातायत मन्त्रालय, वीरगन्ज महानगरपालिका, जनकपुर, कलैया, जितपुर सिमरा उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका आयोजक थिए ।

देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा ३० जेठमा समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?