+
+

पुँजी पलायन रोक्न ध्यान दिनुपर्छ : सांसद कुँवर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १४:१२

२१ जेठ, काठमाडौं । एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले देशभित्रै पुँजी पलायन रोक्न ध्यान दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद कुँवरले बजेटमा अर्थमन्त्रीले पुँजीगत खर्च हुने आशा देखाएको बताए ।

‘युवाहरु विदेश गइरहेका छन् । मध्यम वर्ग र निम्न वर्ग कुनै आयस्रोतमा जोडिएका छैनन् । त्यसकारण पुँजीको परिचालन नहुँदाखेरि पुँजीगत खर्च पनि भइरहेको छैन । यो बजेटमा अर्थमन्त्रीले केही साहस गर्नुभएको छ । केही आश्वस्त पनि पार्नुभएको छ । हरेक क्षेत्रमा छाएको निराशालाई आशामा परिणत गर्ने प्रयास अर्थमन्त्रीले गर्नुभएको छ’, उनले भने ।

कार्यान्वयन गर्न नसके जति राम्रो बजेट ल्याए पनि केही नहुने भन्दै उनले युवाको विदेश जाने क्रम र पुँजी पलायन रोक्नुपर्ने धारणा राखे ।

सांसद कुँवरले भने, ‘एकातिर पुँजीको अभाव छ । अर्कोतिर पुँजी विदेशमा पलायन भइरहेको छ । यसलाई रोक्ने तरिका के हो ? यसमा पनि हामीले ध्यान दिनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?