
२२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनीको बैंक खाता रोक्का गरेको छ ।
भुक्तानी सेवा प्रदायक संस्थाहरू पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिबाट भएका कारोबारहरू नियामकीय अनुपालना सम्बन्धी छानबिन भइरहेको भन्दै राष्ट्र बैंकले खाता रोक्का गरेको जनाएको छ ।
छानबिनको क्रममा रहेकाले दुवै कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकको भनाइ छ । छानबिन यथासक्या चाँडो सकिने समेत राष्ट्र बैंकले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4