+
+

सामाजिक सुरक्षा भत्ता वितरणको आधार परिमार्जन गर्नुपर्नेमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १७:२७

२२ जेठ, काठमाडौं । सांसदहरूले सामाजिक सुरक्षा भत्ता वितरणको आधार परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै कतिपय सांसदले अवस्था र आवश्यकतालाई हेरेर यसलाई पुनरावलोकन गर्नुपर्ने बताएका हुन् ।

नेकपा एमालेकी सचेतक सुनिता बराल सामाजिक सुरक्षा भत्ता वितरणको आधार परिमार्जन गर्नुपर्ने बताउँछिन् ।

‘सामाजिक सुरक्षा भत्ता हाम्रो यो व्यवस्थाकै एउटा सुन्दर पक्ष हो । तर हाम्रो आर्थिक अवस्था र अहिलेको परिस्थितिलाई हेर्दा आवश्यकताका आधारमा कसरी वितरण गर्ने भन्ने कुराको पुनर्विचार गर्नुपर्ने हो कि ! यसका आधार केही परिमार्जन गर्नुपर्ने हो कि !’ सचेतक बरालले भनिन् ।

नेपाली कांग्रेसका सांसद जीवन परियारले सम्पन्न र विपन्नलाई एकै किसिमको सामाजिक सुरक्षा भत्ता दिने विषय न्यायोचित नरहेको बताउँछन् ।

‘गरिब जसको राम्रो बसोबास छैन, बिहान बेलुकी छाक टार्न सक्दैनन्, जसको स्वास्थ्य उपचार गर्न सक्ने अवस्था छैन तिनले चार हजार पाउँछन् । जो सुविधा सम्पन्न छ, मासिक आम्दानी लाखौं छ उसले पनि त्यति नै पाउँछ । यसकारण अवस्था र आवश्यकतालाई हेरेर यसलार्ई पुनरावलोकन गर्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?