+
+

काठमाडौं काकाकुल बन्दैछ, सरकारको ध्यानाकर्षण होस् : सांसद सोबिता गौतम

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १३:३९
फाइल तस्वीर

२३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोबिता गौतमले काठमाडौंमा पानीको समस्याले विकराल रूप लिंदै गरेको बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशैभर खानेपानीको समस्या टड्कारो रूपमा देखापर्दै आइरहेको बताइन् । सदनबाट पटक-पटक यो विषयमा उठान पनि भइरहे पनि उचित सम्बोधन नभएको उनले बताइन् ।

उनले थपिन्, ‘तसर्थ फेरि पनि एकपटक खानेपानीको समस्या अत्यधिक रूपमा बढिरहेको बारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

काठमाडौं उपत्यकाभरी नै पानीको समस्याले विकराल रूप लिदै गरेको उनको भनाइ छ ।

‘एकै चोटी ठूलो परियोजना मेलम्ची परियोजना आउँछ-आउँछ भनेर काठमाडौंवासीलाई थुमथुमाइ राखिएको छ । तर, सरकार ध्यानाकर्षण होस, तीसौं वर्ष यो परियोजना सुरु भएको भइसक्दा पनि काठमाडौंवासीको रिङरोडभित्र मात्रै अलिअलि पानी आउँछ र रिङरोडभन्दा बाहिर अन्य ठाउँमा मानिसहरू काकाकुल नै भएर बस्नुपरेको छ अवस्था छ,’ उनले भनिन् ।

हालसम्म ट्याङ्कर तथा जमिनमुनिको पानी प्रयोग गरेर काठमाडौं उपत्यकावासीहरूले पानीको समाधान गरिरहेका तर जमिनमुनिको पानी पनि सुक्दै गइरहेको उनले स्मरण गरिन् ।

‘…अब पनि सरकारले दीर्घकालीन योजना र मध्यकालीन योजना बनाउने कुरामा सचेत हुन सकेन भने देखि यसले नसोचेको एकदमै थेग्नै नसक्ने विकराल रूप लिंदैछ भन्ने कुरामा सरकार सचेत होस्,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?