+
+

समाजवादी मोर्चामा विचलन देखियो : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते २०:४०

२८ जेठ, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताएका छन् । सोमबार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता छ । समाजवादी मोर्चा नेपालमा बन्यो तर अहिले पछिल्लो समय समाजवादी मोर्चामा विचलन आएको छ ।’

उनले नेपालमा समाजवादी मोर्चाको आवश्यकतालाई देखेर मोर्चा बने पनि पछिल्लो समय विचलन आएको र व्यस्थित रुपमा लानको लागि छलफल जारी रहेको बताए । उनले नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता रहेको भन्दै मोर्चालाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे ।

‘नेपालमा समाजवादी आन्दोलन चाहिन्छ । छलफलहरु अगाडि बढिरहेको छ । त्‍यसकारण मोर्चालाई निरन्तरता दिन आवश्यक छ।’ उनले भने ।

उनले विश्वमा पुँजीवादले ठूलो युद्धको षडयन्त्र गरिरहेको बताए । उनले विश्व बजार,पैसा,अर्थतन्त्रको संकटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनता माथि खेलवाड हुने काम भइरहेको भन्दै यस्तो कार्यले संसारलाई तेस्रो विश्व युद्धतिर लगिरहेको बताए ।

उनले भने, ‘ विश्वमा पुँजीवादले ठूलो एउटा युद्धको षडयन्त्र गरिरहेको छ । बजारको संकट,पैसा,अर्थतन्त्रको संकटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनता माथि खेल खेलिदै छ ।’ उनले भने । संसारलाई विध्वंसतिर डोर्‍याइएर तेस्रो विश्व युद्धतिर लगिरहेको छ ।’

ठूलो परिर्वतनपछि पनि नेपालमा जनताले न्याय नपाएको उनको भनाइ छ । उनले नेपाललाई पनि कुनै न कुनै रुपले अशान्तितिर अर्को एउटा भिडन्ततिर डोर्‍याएको दाबी गररे । उनले नेपालमा श्रमिक जनता सचेत भएर अग्रगामी निकासको पक्षमा नभए ठूलो षड्यन्त्र हुने बताए । उनले समाजवाद नेपालको लागि मात्रै नभएर आजको विश्वको आवश्यकता भएको बताए ।

‘नेपालमा पनि जसरी उत्पडिन थुपारिएको छ । समाजवाद आजको विश्वको आवश्यकता हो । अहिले नेपालमा चुनाव भयो भने पनि जनताले जित्ने स्थिति छैन । चुनाव सामान्य गरिव जनताको पहुँच भित्र छैन,’ उनले भने, ‘त्यसले यसले पनि नेपाललाई कुनै न कुनै रुपले अशान्तितिर अर्को एउटा भिड्न्ततिर डोर्‍याएको पाउँछौं । नेपालमा श्रमिक जनता सचेत भएर अग्रगामी निकासको पक्षमा भएनौं भने ठूलो षड्यन्त्र हुँदैछ ।’

उनले नेपालमा दलाल पुँजीवादले चुनावबाट राजनीतिलाई नियन्त्रण गरिरहेको दाबी गरे । उनले भने, ‘दलालपुँजीवादले चुनावबाट राजनीतिलाई नियन्त्रण गरिरहेको छ । किसान, मजदुर,जनजाति र मधेशको पहुँच छैन । त्यसैले नेपालमा समाजवादको आन्दोलन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?