+
+

सामाजिक सुरक्षा भत्ताका लागि तत्काल राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदहरूको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते ११:५०

३१ जेठ, काठमाडौं । सांसदहरुले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने प्रावधान तत्कालका लागि रोक्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक चाहिने भन्दा धेरैलाई समस्या भएको बताए ।

यसो गर्दा बिरामीहरू, बृद्धबृद्धाहरु आफैं जानुपर्ने अवस्थाले समस्या भएको उनले बताए । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा पनि कतिपय ठाउँमा समस्या भएको उनले बताए ।

पूर्वतयारी गरेर अर्का वर्षदेखि लागू हुने गरी तत्कालका लागि यो कार्य रोक्न उनको माग छ ।

एमालेकै सांससद विद्या भट्टराईले आफैं उपस्थित हुनुपर्ने भएका कारण सामाजिक सुरक्षा भत्ता लिन अक्सिजन सिलिण्डर लिएर वडा कार्यालय पुग्नु परेको देखिएको बताइन् ।

सरकारले प्रयाप्त छलफल गरेर कुनै पनि योजना लागू गर्नुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?