+
+

जमिनको कारणले जनतामाथि शोषण भइरहेको छ : मेटमणि चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १४:४५

३१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले जमिनको कारणले जनतामाथि शोषण भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

जमिनकै कारण गरिब र धनी समाजमा रहेको उल्लेख गर्दै उनले भने, ‘जो कृषक हो, उसैसँग जमिन छैन ।’

सबै जमिन सरकारको बनाउने नीति लिएर अगाडि बढ्न सरकारलाई उनको सुझाव छ ।

‘सबै जमिन सरकारको नाममा ल्याउने खालको नीति हामीले बनाउन सक्नुपर्छ । यो दिशामा मुलुक अगाडि बढ्नुपर्छ । एउटै पोलिसी बनाएर समग्र जमिन सरकारको बनाउने कुरामा सरकारको ध्यानाकर्षण गर्न चाहन्छु’ उनले भने । यसो गरे जमिनको कारणले जनतामाथि भइरहेको शोषण समाप्त हुने उनको विश्वास छ ।

‘सबै जमिन सरकारको नाममा लिएपछि तिरो लिएर आवश्यकताका आधारमा जमिन उपलब्ध गराउने नीति बनाउन आवश्यक छ । यसो भयो भने जमिनको कारणले जनतामाथि भइरहेको शोषण समाप्त गर्न सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?