
महाधिवेशन प्रतिनिधि
३० जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनको अन्तिम समयमा आएर मतदान रोकेको छ ।
मतदान रोकेर पदाधिकारीहरू चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिइएको मधेश प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादवले जानकारी दिए ।
सोमबारदेखि सुरु भएको महाधिवेशनमा अध्यक्षमा यादव निर्विरोध चुनिए पनि बाँकी सबै पदमा उम्मेदवारी परेको थियो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो १२.३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो । त्यसपछि मतदान प्रारम्भ गर्ने कार्यसूची थियो ।
तर अन्तिम समयमा मतदान स्थगित गरेर सहमतिबाट पदाधिकारी चयन गर्ने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4