+
+

पशुपति क्षेत्र विकास कोषलाई दुहुनो गाई बनाइयो : सांसद सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १३:०७

३२ जेठ, काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पशुपति क्षेत्र विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका हुन् ।

उनले भने, ‘जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने । त्यहाँ दुहुनो गाईजस्तै भएको छ की, जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो फेरि छिराउने । यस्तो नगरौँ ।’

उनले जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने गरिएको र आफ्नो मान्छे भर्ती गर्ने गरिएको बताए । उनले राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थको बनाउनु नहुने बताए ।

‘राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ । राष्ट्रिय स्वार्थको बनाऔँ । जनस्वार्थको बनाऔँ । राष्ट्रिय स्वार्थ बलियो भयो भने हामी त्यत्तिकै बलियो हुन्छौँ।’ उनले भने ।

सांसद सिंहले इन्टरनेटको पहुँच गाउँ गाउँमा पुर्‍याउनुपर्ने बताए । उनले तराईका पछाडी परेका समुदायसमक्ष सञ्चारको पहुँच सहज रुपमा पुर्‍याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?