+
+

कैलालीमा कुलोको इन्टेकमा डुबेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १८:३३

४ असार, धनगढी । कैलालीमा कुलोको इन्टेकमा नुहाउने क्रममा डुबेर एक व्यक्तिको मृत्युु भएको छ ।

जानकी गाउँपालिका–५ अमौरामा कुलरिया खर्गाैली बड्काबिच्की कुलाको इन्टेकमा नुहाउने क्रममा १८ वर्षीय कैलाश बिष्टको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहोराले मंगलबार दिउँसो नुहाउने क्रममा डुबेर बिष्टको मृत्यु भएको जानकारी दिए ।

बिष्ट लम्कीचुहा नगरपालिका–५ थापापुरका स्थानीय बासिन्दा हुन् ।

मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?