+
+

मन्त्रीहरुले नटेरेको प्रधानमन्त्रीको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १३:४७

६ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भन्दाभन्दै पनि साना आयोजनाहरु बजेटमा परेको बताएका छन् । उनले ३ करोड रुपैयाँभन्दा कमका आयोजना प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रतिनिधिसभामा बिहीबार भएको प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले बजेटमा ससाना आयोजना परेको विषयमा प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘चाहे जस्तो अझै हुन सकेन, यसको निम्ति हामी सबैले प्रयास गर्नु पर्ने हुन्छ ।’

‘माननीय मन्त्रीजीहरुले पनि योजना निर्माण गर्दा, कार्यक्रम बनाउँदा सरकारले बनाएको (निर्देशिका), प्रधानमन्त्रीकै निर्देशनलाई जति गम्भीरतापूर्वक लिनुपर्ने हो … ’ उनले अगाडि भने, ‘भन्दा भन्दै पनि साना आयोजाना राखिएको छ ।’

जे भएको छ, ठीक भएको छ भन्ने पक्षमा आफू नभएको भन्दै उनले परिर्माजन आवश्यक रहेको बताए । उनले अगाडि भने, ‘प्रयास जारी छ, साना आयोजनाहरु संघले कार्यान्वयन गर्दैन, प्रदेश र स्थानीय तहलाई कार्यान्वयन गर्न दिने व्यवस्था गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?