+

किङले विश्वकपका बाँकी खेल गुमाउने डर

२०८१ असार  ६ गते १५:१९ २०८१ असार ६ गते १५:१९
किङले विश्वकपका बाँकी खेल गुमाउने डर

६ असार, काठमाडौं । वेष्ट इन्डिजका ब्याटर ब्रान्डन किङले विश्वकपका बाँकी खेल गुमाउने खतरा बढेको छ ।

बुधबार राति सेन्ट लुसियामा इङ्ल्यान्डसँगको खेलमा उनको साइट स्ट्रेन (कोखा) मा चोट लागेको थियो । इङ्ल्यान्डसँगको खेलमा १२ बलमा २३ रन हान्दै उत्कृष्ट ब्याटिङ गरिरहेका बेला १३ औं बल हान्न केही अघि सर्दा उनको कोखामा समस्या आएको हो ।

उनी क्रिजमा नै लडेपछि वेष्ट इन्डिजका मेडिकल टिमले उनलाई मैदान बाहिर लगेको थियो । त्यसपछि उनी रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए । उनले दोस्रो पारीमा फिल्डिङ पनि गरेनन् । उनको स्थानमा सिमरोन हेटमायर मैदान प्रवेश गरेका थिए ।

क्रिकेट वेष्ट इन्डिज(सीडब्ल्युआई)का अनुसार, किङको साइड स्ट्रेनमा समस्या आएको छ । जसका कारण उनी मैदानमा फिल्डिङको लागि उपस्थित हुने छैनन् ।

किङ निको हुन केही हप्ता लाग्नेछ । त्यसैले उनले विश्वकप क्रिकेटका बाँकी खेल गुमाउने आशंका छ । विश्वकप क्रिकेट सकिन १० दिन बाँकी छ । यो समयमा किङलाई लागेको चोटले वेष्ट इन्डिज टिमलाई चिन्तित बनाएको छ ।

वेष्ट इन्डिजका कप्तान रोभमान पावेल भन्छन्, ‘हो, उनको चोटले निकै चिन्ता थपिएको छ । तर आशा छ उनी छिट्टै मैदान फर्कनेछन् ।’

पावेलले किङ टोलीका महत्वपूर्ण सदस्य भएको बताए । हुन त किङ उत्कृष्ट फर्ममा छैनन् । अघिल्लो महिना पावेलले आईपीएल खेलिरहेका बेला दक्षिण अफ्रिकासँगको खेलमा किङले नै वेष्ट इन्डिज टिमको कप्तानी गरेका थिए ।

वेष्ट इन्डिजसँग ५ जना रिजर्भ खेलाडी रहेका छन् । जसमा आन्द्रे फ्लेचर, काइल मेयर्स, फेबियन एलन, हाइडन वाल्स जुनियर र म्याथ्यु फोर्ड । किङको स्थानमा भने मेयर्सले खेल्ने सम्भावना छ ।

फ्लेचर पनि दाबेदार खेलाडी हुन् । उनी शीर्ष क्रममा ब्याटर भएकाले उनको पनि सम्भावना प्रबल छ ।

वेष्ट इन्डिजले शुक्रबार बार्बडोजको यात्रा गर्दैछ । त्यहाँ सुपर ८ को खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप क्रिकेट वेष्ट इन्डिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय