+
+

शान्ति प्रक्रिया छिटो टुंग्याउनु मुलुकको लागि हितकर छ : कानुनमन्त्री गिरी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १६:२२

६ असार, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले शान्ति प्रक्रियाको काम छिटो भन्दा छिटो टुंग्याउनु सबैको हितमा रहेको बताएका छन् ।

बिहीबार प्रतिनििध सभाको बैठकमा बोल्दै उनले भने, ‘शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुंगोमा पुर्‍याउनु मुलुकको लागि हितकर छ । देशको हितमा छ । पीडितहरुको हितमा पनि यही हुन्छ ।’

प्रिितनिध सभाको विषयगत समितिमा यस सम्बन्धी विधेयक विचाराधीन रहेको उल्लेख गर्दै उनले थपे, ‘संसदको समितिमा विधेयक छलफलमा छ । यसलाइ छिटो टुंग्याउन सबैले योगदान गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?