+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कतारबाट अवैध सुन ल्याएको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १७:१३

७ असार, काठमाडौं। कतारबाट अवैध रुपमा सुन ल्याएको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ का ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–७ का २५ वर्षीय अन्जिल गुरुङ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।

कतारबाट आएको हिमालय एयरको जहाजमार्फत उनीहरुले भन्सार छलेर ८१ ग्रामभन्दा बढी सुन ल्याएको आरोप लागेको छ ।

कतारबाट-६ असारमा आएका खाँलाई सिनामंगलबाट नियन्त्रणमा लिएर खानतलासी गर्दा सुन भेटिएको थियो ।

जिन्स पाइन्टको कम्मरमा सेतो टिस्यु पेपरले फोल्ड गरेर उनले कतारदेखि सुन ल्याएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

खाँले ल्याएको सुन रिसिभ गर्न आएको अवस्थामा परियार र गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले हातमा लगाउने चेन र औठीको आकारमा भन्सार छलेर सुन ल्याएको आरोप लागेको छ ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?