+
+

पाँचबुँदे सहमतिसँगै रुबी खानले तोडिन् अनसन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते २२:१०

१० असार, काठमाडौं । सरकारले सुमदरानी थारुको घटनाका आरोपीको खोजीलाई तीव्रता दिने सहमति गरेको छ । पाँचबुँदे सहमतिसँगै आमरण अनसनरत रुबी खानले आसन तोडेकी छन् ।

बर्दियाको सुमदरानीको बलात्कारपछि हत्या भएको भन्दै परिवारले जाहेरी दिएको छ । आरोपितविरुद्ध पक्राउ पूर्जी जारी भएपनि हालसम्म पक्राउ परेका छैनन् ।

निर्मला कुर्मीको अपहरण तथा हत्या, सुमदरानीको बलात्कारपछि हत्या घटनामा प्रहरीको छानबिनमाथि प्रश्न उठाउँदै खानले अनसन थालेकी थिइन् ।

गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी नेतृत्वको टोलीले गरेको वार्तामा पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै गृहमन्त्री रवि लामिछानेले जुस पिलाएर खानको अनसन तोडाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?