+
+

कर बढाउने विधेयक पारित भएसँगै केन्याका नागरिकले जलाए संसद

प्रदर्शनमा ५ जनाको मृत्यु, दर्जनौं घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते ६:४९

१२ असार, काठमाडौं । केन्याको राजधानी नैरोबीमा नयाँ वित्त विधेयकको विरोधमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएको छ ।

मंगलबार हजारौं प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेर आगजनी र तोडफोड सुरु गरेपछि त्यहाँबाट सांसदरहरू भागेका थिए ।

बीबीसीका अनुसार भिडलाई नियन्त्रण गर्न भन्दै प्रहरीले गोली चलाउँदा कम्तिमा ५जनाको मृत्यु भएको हो ।  चर्को विरोधका बाबजुद मंगलबार उक्त विधेयक संसदबाट पारित भएको थियो । नयाँ ऐन पारित भएसँगै नागरिकका लागि कर बढ्नेछ ।

प्रदर्शनका धेरै भिडियोहरू बाहिर आएका छन् । त्यसमा नैरोबीलगायत धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको देखिन्छ ।

प्रहरीले भीडमाथि अँश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा समेत प्रहार गरेको थियो । नैरोबीमा प्रहरीले भीडलाई तितरबितर पार्न गोली चलाएको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगा हानेका छन् ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टमा केन्या सरकारले कर वृद्धिबाट २२ हजार ५२१ करोड रुपैयाँ थप राजस्व पाउने उल्लेख छ ।

सरकार यसमार्फत ऋणको बोझ घटाउन चाहन्छ । सरकारले अहिले वार्षिक राजस्वको ३७ प्रतिशत ऋणको ब्याज तिर्न खर्च गरिरहेको छ ।

अल जजिराको रिपोर्ट अनुसार यो वित्त विधेयक मे महिनामा पहिलो पटक संसदमा पेश गरिएको थियो। विपक्षी सांसदहरुले पनि विधेयकको विरोधलाई समर्थन गरेका छन् ।

यस विधेयकमा कर सुधार र बढाउने व्यवस्था छ । यसअन्तर्गत बैंक ट्रान्सफर र डिजिटल भुक्तानीमा ५ प्रतिशत कर बढाइएको छ । जसका कारण मानिसहरु डिजिटल भुक्तानीमा आश्रित भएकाले आक्रोश बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?