+
+

प्रहरी अस्पतालका एसएसपीको आरोप : नेपाल प्रहरी प्राइभेट कम्पनी जस्तो भयो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते २१:०१

१२ असार, काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक श्रेष्ठले नेपाल प्रहरी निजी कम्पनी जस्तो भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै श्रेष्ठले पछिल्लो समय नेपाल प्रहरी ‘प्राइभेट कम्पनी लिमिटेड’मा परिणत भएको उल्लेख गरेका हुन् । ‘… अब प्रहरी महानिरीक्षकले होइन कि सीईओले नेतृत्व गर्ने भएछ’, श्रेष्ठले लेखेका छन् ।

प्रहरी अस्पतालका एसएसपी श्रेष्ठ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका आकांक्षी थिए । तर, जनपथतर्फ दरबन्दी खाली नै नभइ दुई दिनका लागि एआईजी बढुवा सिफारिस गरिरहँदा प्रहरी अस्पतालमा खाली हुँदा पनि बढुवा प्रक्रिया अघि बढाइएको थिएन

५० दिनदेखि दरबन्दी रिक्त हुँदा पनि बढुवा नभएपछि डा. श्रेष्ठ र आचार्य बिहीबार राति १२ बजेबाट अवकाशमा जाँदैछन् । श्रेष्ठ नेत्ररोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी विशेषज्ञ हुन् ।

अस्पताल स्रोतका अनुसार, अस्पतालमा डीआईजी बढुवा प्रक्रिया अघि नबढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक वसन्त कुँवर दुवै एकमत थिए ।

स्रोतका अनुसार, लामिछाने एसएसपी सञ्चिता घिमिरेलाई अघि बढाउन चाहन्थे भने अर्का आकांक्षी दामोदर पौडेललाई अघि बढाउन एमाले नेताहरुको जोडबल थियो ।

श्रेष्ठ र आचार्यपछि वरियतामा पौडेल, घिमिरे र मनोज यादव छन् । बढुवा प्रक्रिया अघि नबढाउँदा असन्तुष्ट एसएसपी श्रेष्ठले अनलाइनखबरसँग कुरा गर्दै आफूहरुप्रति बदनियत राखिएका कारण २३ वर्षमै अवकाशमा जान लागेको बताए ।

दुई दिनअघि मात्र गृह मन्त्रालयले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायी सुशील पन्तका नातेदार पोषराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

जनपथतर्फ १९ असारबाट एआईजी उमेशराज जोशी अवकाशमा गएपछि एआईजीको दरबन्दी खाली हुँदैछ । तर, त्यसअगावै पन्त र पूर्वएआईजी दिवेश लोहनीको जोडबलमा गृह मन्त्रालयले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

बढुवा भएपनि उनले दुई दिन मात्र एआईजी भएर उमेर हदका कारण २१ असारबाट अवकाश पाउनेछन् । यस्तोमा शक्तिकेन्द्र रिझाउन नसक्दा प्रहरी अस्पतालमा दुई एसएसपीले घर जानुपरेको आरोप प्रहरी अधिकृतहरु नै लगाउँछन् ।

प्रहरीमा एसएसपीबाट एसएसपी बढुवा हुँदा पनि यसअघि एक अधिकृतले सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएका थिए । बढुवाको सूचीमा नपरेका एसपी गोविन्द अधिकारीले फेसबुकमार्फत प्रश्न गरेका थिए, ‘गृहबाट बढुवा लिस्ट आउट गर्ने, मिडिया ट्रायल गर्ने, अनि बार्गेनिङ गरी फाइनल गर्ने नयाँ चलन चलेको हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?