+
+

एकीकृत समाजवादीले थप्यो पदाधिकारी, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद रहने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १७:१८
एकीकृत समाजवादीको बैठकको फाइल तस्वीर ।

१३ असार, काठमाडौं । महाधिवेशनको तयारीमा जुटेको एकीकृत समाजवादीले पदाधिकारी थप्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले महाधिवेशनको हलबाट अनुमोदन गर्ने गरी पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको हो ।

केन्द्रीय परिषदले १९९ सदस्यीय केन्द्रीय कमिटी र १९ सदस्यीय पदाधिकारी रहने विधान पास गरेको थियो । तर अब केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

पदाधिकारीमा सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष थप गरिएको छ । केन्द्रीय उपाध्यक्षमा महिलाको सिट सुरक्षित गर्ने र आवश्यकता अनुसार वरिष्ठ नेता पद सिर्जना गर्नसक्ने निर्णय पनि भएको उपमहासचिव खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?